चितवनको भरतपुर बन्यो पहिलो ‘पारोमुक्त’ महानगर

चितवन, चैत ७ । चितवनको भरतपुर महानगरपालिका नेपालकै पहिलो पारो (मर्करी) मुक्त महानगर बनेको छ । भरतपुरमा आज एक कार्यक्रमको आयोजना गरी भरतपुर पारोमुक्त महानगर बनेको हो। स्वास्थ्य क्षेत्रमा प्रयोग हुने पारोलाई शून्यमा झारेर मर्करीमुक्त महानगर घोषणा गरिएको जनसंख्या तथा वातावरण प्रवर्द्धन केन्द्र सिफेड काठमाडौंका कार्यकारी निर्देशक रामचरित्र साहले बताए। साहका अनुसार नेपालका अन्य स्थानमा पनि मर्करीमुक्त अभियान सञ्चालन भइरहे पनि घोषणा गरिएको भने यो नै पहिलो हो।

मर्करीमुक्त महानगर घोषणाको व्यानरमा भरतपुर महानगरपालिका, भरतपुर अस्पताल, निजी अस्पताल, दन्त क्लिनिकहरू, दन्त चिकित्सकका पेशागत संगठनका प्रतिनिधिहरू तथा जिल्ला जनस्वास्थ्यका प्रतिनिधिलगायत सरोकार पक्षले प्रतिबद्धतासहित हस्ताक्षर गरेका थिए।

मेडिकल सिटीका रूपमा विकसित हुँदै गइरहेको भरतपुर महानगरलाई पारोमुक्त घोषणा गर्नुले स्वास्थ्य क्षेत्रमा सकरात्मक फड्को मारेको सरोकारवालाको भनाई छ। मर्करीको असर र अवस्था मर्करीको प्रयोगपछि मानव शरीरको स्नायु प्रणालीमा असर गर्ने, किड्नी फेल बनाउन सक्ने तथा बच्चाको वृद्धि विकासमा समेत असर पुग्ने चिकित्सकको भनाई छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!