मन्त्री अधिकारी सवार ‘हेलिकोप्टर दुर्घटना’ को छानबिनमा फ्रान्सद्वारा चासो

काठमाडौं, चैत ७ । गत फागुन १५ मा ताप्लेजुङको तारेढुंगा सिस्नेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारसहित सातजनाको ज्यान जाने गरी भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना छानबिनमा फ्रान्सको दुर्घटना जाँच एजेन्सीले पनि सहभागी हुने चासो व्यक्त गरेको छ।

हेलिकोप्टर दुर्घटनबारे गठित आयोगलाई हेलिकोप्टर निर्माता कम्पनी एयरबस (युरोकोप्टर) रहेको देश फ्रान्सको दर्घटना जाँच एजेन्सी (ब्यूरो अफ इन्क्वाइरी एन्ड एनलाइसिसि फर सिभिल एभिएसन सेफ्टी)ले पनि दुर्घटनाबारे अनुसन्धानमा सहभागी हुने चासो व्यक्त गरेको छ।

आयोगका संयोजक यज्ञप्रसाद गौतमले फ्रान्सेली जाँच एजेन्सीले सहभागिताका लाग खबर पठाएको र त्यसबारे के गर्ने भन्नेमा आयोग सकारात्मक रहे पनि निर्णय भने भइनसकेको जानकारी दिए। यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्