स्काभेटर दुर्घट्नामा चालकको मृत्यु

ओखलढुंगामा, चैत ६ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका, ४ मा स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाकै १८ वर्षीय चालक जीवन श्रेष्ठ रहेको ओखलढुंगा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घट्ना मंगलबार साँझ भएको हो । सडकबाट ८ सय मिटर तल खसेको स्काभेटरका चालकको अवस्था तत्काल पत्ता लाग्न सकेको थिएन । प्रहरीले हराइरहेका चालक श्रेष्ठको शव भीरमा अड्किइरहेको अवस्थामा बुधबार बिहान फेला पारेको बताएको छ । उनको शव भीरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार विद्युतको पोल राख्न निर्माण स्थल खन्ने क्रममा ना १ क ७७९४ नम्बरको स्काभेटर भिरबाट खसेको हो।

चालक श्रेष्ठको शव फेला परे पनि आफन्तले उठाउन मानेका छैनन् । उनीहरुले आयोजनाका ठेकेदार आएर बिमासहितको रकम र क्षतिपूर्ती नदिएसम्म शव नउठाउने अडान राखेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!