साफ च्याम्पियनसिपः नेपाल फाइनल प्रवेश, श्रीलंका ४–० ले पराजित

काठमाडौं, चैत ४ । विराटनगरको शहीद रंगशालामा जारी ‘महिला साफ च्याम्पियनसिप’ को सेमिफाइनलमा श्रीलंकालाई ४-० गाेलले  हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।

नेपालको जितका लागि आज चौथो गोल रेखा पाण्डेले ८५औं मिनेटमा, तेस्रो गोल सावित्रा भण्डारीले ८१औं मिनेटमा, ७२ औं मिनेटमा अनिता बस्नेत र पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले नेपाललाई अग्रता दिलाएकी थिइन् ।

नेपालले शनिबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनल भारत र बंगलादेशबीच बुधबार ३ः०० बजे सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!