साफ च्याम्पियनसिपः श्रीलंकाविरुद्ध नेपालको ४ गोल

काठमाडौं, चैत ४ । विराटनगरको शहीद रंगशालामा भइहेको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकाविरुद्ध नेपालले चौथो गोल गरेको छ ।

नेपालका लागि चौथो गोल रेखा पाण्डेले ८५औं मिनेटमा गरिन् । यसअघि, तेस्रो गोल सावित्रा भण्डारीले ८१औं मिनेटमा, ७२ औं मिनेटमा अनिता बस्नेत र पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले नेपाललाई अग्रता दिलाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्