साफ च्याम्पियनसिपः श्रीलंकाविरुद्ध नेपालको दोस्रो गोल (LIVE )

काठमाडौं, चैत ४ । विराटनगरको शहीद रंगशालामा भइहेको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकाविरुद्ध नेपालले दोस्रो गोल गरेको छ ।

पहिलो हाफमा १-० ले अग्रता लिएको नेपालले अर्को गोल ७२ औं मिनेटमा अनिता बस्नेतले गरेकी छन् । नेपालका लागि पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

गीता रानाले प्रहार गरेको फ्री किकलाई कप्तान निरु थापाले बाइसाईकल किक प्रहार गरेकी थिइन् । निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् ।

निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् । सुरु देखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।

कमेन्ट गर्नुहोस्