यी हुन् आइपिएल- २०१९ का सबैभन्दा महँगा खेलाडी

आइपिएलको १२ औं संस्करण सुरु हुन केही दिन मात्रै बाँकी छन् । मार्च २३ देखि सुरु हुने यस लीग प्रतियोगिताको लागि गत डिसेम्बरमा नै खेलाडीहरू लिलाम बढाबढमा किनिएका थिए ।

सधैं झैं यस पटकको आइपिएल ‘अक्सन’ पनि निकै रोचक रह्यो । एकातिर गतवर्षको आधारमूल्य दुई करोडलाई आधा गरेर एक करोड बनाउँदा पनि कुनै समयका भारतीय टीमका शक्तिशाली सदस्य युवराजसिंहलाई पहिलो चरणमा कसैले किनेनन् भने कतिपय खेलाडीहरूले अपेक्षा नगरेको रकम पाए ।

समान्यतया विश्व क्रिकेटमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरू खरिदकर्ताहरूकोपहिलो रुची हुने गरेको भएपनि यस पालीको आइपिएल अक्सनमा भने त्यस्तो देखिएन । यसपटक कतिपय नयाँ युवा खेलाडीहरूले निकै आकर्षक मूल्य पाए । जबकि निकै ठुला स्टार मानिएका खेलाडीहरू आधार मूल्यमै सीमित रहे या खरिदकर्ता नै पाएनन् ।

हेरौं यस आइपिएलमा सबैभन्दा बढी मूल्यमा खरिद गरिएका खेलाडीहरू को को रहेछन्:

१. वरुण चक्रवर्ती

वरुण चक्रवर्ती अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै परिचित नाम होइन । तर उनले भारतको घरेलु क्रिकेटमा भने पछिल्लो समय निकै राम्रो प्रदर्शन गरेका छन् । विसेह्श गरेर तमिलनाडु प्रिमियर लीगमा उनको प्रदर्शनपछि उनका लागि आइपिएल अक्सनसम्म पुग्न सजिलो भयो र उनको आधार मूल्य तोकियो २० लाख भारतीय रुपैयाँ । यो नै आइपिएलमा सामेल हुने खेलाडीको न्युनतम मूल्य हो ।

तर सबैलाई चकित पार्दै वरुण आइपिएल- २०१९ मै सबैभन्दा महँगा खेलाडी बन्न सफल भए । उनलाई किङ्स इलेभन पन्जाबले ८ करोड ४० लाख भारुमा किन्यो व यो रकम उनको आधार मूल्यभन्दा ४२ गुणाले बढी हो ।

वरुण सात अलग-अलग प्रकारले स्पिन बलिङ गर्न सक्छन् । उनलाई भारतका घरेलु प्रतियोगिताहरूमा अफ ब्रेक, लेग ब्रेक, गुगली, क्यारम बल, फ्लिपर, टपस्पिन, स्लाइडर बल जस्ता अलग अलग प्रकारले बलिङ गरेको देख्न पाइएको थियो ।

२. जयदेव उनादकट

जयदेव आइपिएलको गत संस्करणमा सबैभन्दा महँगा खेलाडी बनेका थिए । सं २०१८ को आइपिएल्मा उनलाई  राजस्थान रोयल्सले ११ करोड ५० लाख भारुमा किनेको थियो ।

यसपटक पनि उनी सबैभन्दा महँगा खेलाडी भएका छन् । उनलाई राजस्थान रोयल्सले वरुण चक्रवर्ती बराबर नै ८ करोड ४० लाखमा खरिद गरेको छ । उनदकटले राजस्थान रोयल्स बाहेक केकेआर, आरसीबी और राइजिङ पुणे सुपरजाइंट्सको तर्फबाट पजनी आइपिएल खेलिसकेका छन् ।

३. स्याम करन

इङ्ल्याण्डका बलिङ अलराउण्डर स्याम करनको आधार मूल्य २ करोड थियो । आइपिएलको अक्सनमा पहिलोपटक आएका स्यामलाई किङ्स इलेभन पन्जाबले ७ करोड २० लाखमा किनेको हो । उनले हालै भारतसँग भएको टेस्ट शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

४. शिवम दुबे

यसपालिको लिलाम बढाबढमा भाग्य चम्किएका अर्का खेलाडी हुन् शिवम दुबे । यी युवा नवप्रवेशीका लागि पनि आइपिएल नयाँ नै हो । त्यसैले उनको आधार मूल्य पनि २० लाख नै थियो । तर सबैलाई दङ्ग पार्दै आरसिबीले उनका लागि ५ करोड तिर्न सहमति जनाएपछि उनी पनि यसपटक चर्चामा रहेका छन् ।

सुरुमा उनीमाथि सदीप लामिछाने अनुबन्धित रहेको टीम दिल्ली क्यापिटल्सले पनि रुचि देखाएको थियो तर उनी अन्ततोगत्वा आरसिबीको पोल्टामा परे । यी आइसीसीका अनक्याप्ड खेलाडी हुन् । उनले १३ टि-ट्वेन्टी खेल खेल्दै १० विकेट लिएका छन् भने उनको ब्याटिङ समेत ठीकठाक रहेको छ ।

५. कार्लोस ब्राथवेट

क्यारिबियाली टीमका यी सशक्त अलराउण्डरलाई दिनेश कार्तिक नेतृत्वको कोलकाता नाइट राइडर्सले ५ करोडमा खरिद गरेको छ । उनको आधार मूल्य ७० लाख रहेको थियो ।

ब्रेथवेट तिनै खेलाडी हुन् जसले सन् २०१६ को० टि-ट्वेन्टी विश्वकपको अन्तिम ओभरमा वेस्टइंडीजलाई च्याम्पियन बनेका थिए । यसअघि उनले दिल्ली डेयरडेविल्स र सनराइजर्स हैदराबादको तर्फबाट समेत आइपिएल खेलिसकेका छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!