चलचित्र ‘लभ स्टेशन’ को ‘घाम जून’ गीत युट्युबमा सार्वजनिक, यस्तो छ प्रदीप र जसिताको रोमान्स

काठमाडौं, चैत ५ । यसवर्षको प्रतिक्षीत नेपाली चलचित्रमध्येको एक ‘लभ स्टेशन’ को दोस्रो गीत युट्युब सार्वजनिक भएको छ ।

‘घाम जून’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले सोमवार अर्को रोमान्टिक गीत ‘मेरो आँगनीमा’ सार्वजनिक गरेको हो । सुरेश लामाको स्वर रहेको गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ फिचर्ड छन् ।

यस चलचित्रका निर्देशक उज्जवल घिमिरेको शब्द रचना रहेको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । गीतको एरेञ्ज रिकेश गुरुङले गरेका हुन् । गीतको भिडियोमा अभिनेता प्रदीप रिसाएकी जसितालाई गीत गाएर फकाउँदै देखिएका छन् । यसअघि यो जोडीले गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ मा सँगै काम गरेका थिए ।

ट्रेलरका कारण दर्शकमाझ झनै प्रतिक्षीत बनेको फिल्म ‘लभ स्टेशन’ मा प्रदीप गायकको भूमिकामा छन् । फिल्मका निर्माता गोविन्द शाही हुन् । प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ ।

यसलाई निर्देशक घिमिरेले सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म बताएका छन् । यसलाई आलोक शुक्लाले खिचेका हुन् । यसमा दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको पनि संगीत छ । सुवास सिंह बस्नेतको कथा रहेको फिल्ममा कुमार श्रेष्ठको द्वन्द्व निर्देशन छ । यो फिल्म चैत २२ मा प्रदर्शनमा आउँदै छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!