गाउँ-गाउँमा ‘जनसत्ता’ तयार पार्दै विप्लव समूह

दाङ, चैत ५ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरकार’ बनाउन थालेको छ । ‘जनकारबाही’ लाई पनि ब्युँताएको भन्दै विप्लव समूहले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शत्तिलको रुपमा प्रयोग गरिरहेको जनाएको छ ।

जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसकार गठन गरिएको जिल्ला जसरकार प्रमुख भगवानदास चौधरीले जानकारी दिए । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएपछि गाउँगाउँमा स्थापना भएका जनसरकालाई झनै सक्रिय बनाइएको उनको भनाई छ । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्