बाबुराम भन्छन्, ‘प्रचण्ड र सीके राउतलाई दाँज्न मिल्दैन’

काठमाडौं, चैत ४ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष प्रचण्ड र सीके राउतलाई एक अर्कासँग दाँज्न नमिल्ने बताएका छन् । पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले प्रचण्डको बचाउ गर्दै उनी एउटा जनयुद्धको नेतृत्व गरेर आएका ब्यक्ति रहेको बताए ।

‘दाहाल र हामी जे सुकै भए पनि अहिले अलग्गै ठाउँमा छौं’ उनले भने, ‘सम्झौता गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने बिन्दुसम्म हामीले पुर्‍याएको हौ‌,अनि दाहाल र राउत उस्तै हो भन्न मिल्छ?’ उनले भने, ‘राउतले त आत्म समर्पण गरेका हुन्, दाहाल र बाबुराम त आत्मसमर्पण गरेर आएका होइनन्, हामी त संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न अगाडि लागेका मान्छे हौं, यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने जस्तै हो।’

उनले राउतलाई सरकारले वार्ता गरेर पृथकतावादी बाटो छाडेर शान्ति प्रक्रियामा ल्याएको भए स्वांग गर्न सकिने बताए। उनले सरकारले राउत, नेत्रविक्रम चन्द र रेशम चौधरीप्रति गरिएको व्यवहारमा तालमेल नभएको बताएका छन्।

डा. भट्टराईले पृथकतावादी नीति लिएर हिडेको, सर्वोच्च अदालतको आदेशमा थुनामा रहेको ब्यक्तिलाई अदालतलाई दबाब दिएर बाहिर निकाल्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्।

कमेन्ट गर्नुहोस्