कञ्चनपुरमा १ घर ४ तरकारीका विरुवा वितरण

कञ्चनपुर,  चैत ३ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १० मा तरकारीका विरुवा वितरण अभियान सुरु गरिएको छ । वडा कार्यालयले गत वर्ष पनि तरकारीका विरुवा विरुवा वितरण गरेको थियो । वडा वासिन्दालाई तरकारीमा आत्मनिर्भर बनाउन एक घर चार विरुवा वितरण गरिएको वडा अध्यक्ष प्रमानन्द जोशीले बताए ।

‘गत वर्षदेखि नै तरकारीका विरुवा वितरण गर्न सुरु गरेका हौ, यस वर्ष पनि निरन्तरता दिएका छौ’ वडा अध्यक्ष जोशीले भने,’ वडा अध्यक्ष जोशीले भने,‘वडा वासिन्दालाई तरकारीमा आत्मनिर्भर बनाउन तरकारीका विरुवा वितरण गरिएको हो ।’ वडा कार्यालयमा औपचारिक कार्यक्रम गरी विरुवा वितरण सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विरुवा वितरण सुरु गरेका छन् । विरुवा वितरण सुरु गर्दै नगर प्रमुख विष्टले वडा कार्यालयले गत वर्षदेखि सुरु गरेको विरुवा वितरण अभियानले भीमदत्त नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘वडा कार्यालयले गत वर्षदेखि सुरु गरेको विरुवा वितरण अभियान एकदमै राम्रो छ, यसलाई निरन्तरता दिन नगरपालिका कार्यालय सक्दो सहयोग गर्छ’ उनले भने, ‘यसबाट भीमदत्त तरकारीमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’ भीमदत्त नगरपालिकालाई समृद्ध नगर बनाउने लक्ष्य सहित नीति तथा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले विकासमा सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र स्थानीयको साथ आवश्यक हुने बताए ।

समृद्ध नगरको सपनामा कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण महत्वपूर्ण भएकाले कृषि विकासका लागि सिँचाई, उन्नत विउ विजन र मलखादको व्यवस्था गरिनु पर्नेमा नगर प्रमुख विष्टले जोड दिए । ‘अब कृषि निर्वाहमूखी भएर मात्रै भएन, यसलाई व्यवसायीकरण गर्न आवश्यक छ, त्यसलाई आधुनिकीरण गरी सम्मानित जीवन जिउने आधार बन्नु पर्छ’ उनले भने, ‘त्यसका लागि नगरपालिका सक्दो सहयोग गर्छ ।’ नगरपालिकाले कृषि उत्पादनको सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्र निर्धारण गरी नगर सभाबाट आवश्यक बजेटसमेत विनियोजन गरिएको नगर प्रमुख विष्टले बताए ।

वडा कार्यालयको तरकारीका विरुवा वितरणबाट भारतबाट आउने तरकारीको आयात घटाउन सहयोग पुग्ने उल्लेख गर्दै अन्य वडामा पनि तरकारी उत्पादन कार्यक्रम सञ्चालन गरिने बताए । यस अघि भीनपा वडा नं. १५ मा कृषक समूहहरुलाई तरकारीका विरुवा वितरण गरिएको थियो । वडा अध्यक्ष परमान्द जोशीको सभापतित्वमा गरिएको कार्यक्रममा वडा सदस्य, कर्मचारी, स्थानीय सहभागी भएका छन् । वडा अध्यक्ष जोशीले घर घरमा गएर विरुवा वितरण गरिने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!