सीके राउतको पार्टीकाे नाम परिवर्तन, चुनाव चिह्न अष्टदल

जनकपुरधाम, चैत ४ । सिके राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिरहाको लहानमा दुई दिनसम्म चलेको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सीके राउत अध्यक्ष रहनेगरी नयाँ पार्टी खोल्ने निर्णय गरेको हो ।

पार्टीको चुनाव चिह्न अष्टदल राख्ने निर्णय पनि बैठकले गरेको छ । ३५ केन्द्रीय सदस्य रहने निर्णय पनि भएको केन्द्रीय सदस्य अब्दुल खानले विज्ञप्तिमार्फत् जनाएका छन् । राउतले केही दिनअघि सरकारसँग सहमति गरी मूलधारको राजनीतिमा आउने घोषणा गरेका थिए । उक्त घोषणापश्चात तराई मधेश झरेका राउतले मूलधारको राजनीति गर्न भन्दै नयाँ दल गठन गरेका हुन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!