चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत ‘माया पिरीम’ युट्युबमा सार्वजनिक भएसँगै रिलिज मिति घोषणा

काठमाडाै‌ । चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत युट्युबमा हालैमात्र सार्वजनिक भएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै गीत ‘माया पिरीम’ सार्वजनिक गरेको हो ।

गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा श्रीपाइली देखिने भएका छन् । चलचित्र ‘माया पिरिम’ बोलको गीतमाचलचित्रका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै पनि नृत्य रहेको छ ।

साथमा, अन्य कलाकार दयाहाङ राई ,रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिने छ । कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । त्यस्तै लेखु सहयात्रीको शब्द र कृष्ण भारद्वाजको संगीत छ । चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । प्रदिप भट्टराइले निर्देशन गरिरहेको फिल्मका निर्माता रविन्द्र सिंह बाँनिया रहेका छन् ।

२०१६ मा आएको ‘जात्रा’ चलचित्रको सिक्वेल यो चलचित्रलाई ‘जात्रै जात्रा’ नाम दिइएको हो । उक्त चलचित्र आगामी जेठ ३ गतेदेखि देशभरका हलहरुमा प्रदर्शनमा आउने भएको छ ।

कमेन्ट गर्नुहोस्