टेस्ट क्रिकेटः रशिदले ५ विकेट लिएपछि अफगानिस्तानले रच्यो यस्तो इतिहास

काठमाडौं, चैत ४ । आयरल्याण्ड विरुद्धको एक टेस्ट खेल अफागनिस्तानले जितेको छ । गत वर्ष टेस्ट राष्ट्रको मान्यता पाएको अफगानिस्तान क्रिकेट टिमले आयरल्याण्डलाई ७ विकेटले हराउँदै टेस्ट खेल जितेको हो । यो जीतसँगै अफगानिस्तान आफ्नो दोस्रो टेस्टमा जीत हासिल गर्ने विश्वको तेस्रो टिम बनेकाे छ । यसअघि, इग्ल्याण्ड र पाकिस्तान रहेका छन् ।

पहिलो इनिङमा आयरल्याण्डलाई १७२ रनमा रोकेको अफगानिस्तानले आफ्नो पहिलो इनिङमा रेहमद शाहको ९८ रनको मद्दतले ३१४ रन बनाएको थियो। दोस्रो पारीमा लेग स्पिनर रसिद खानले पाँच विकेट लिएपछि आयरल्याण्ड २८८ रनमा अलआउट भएर अफगानिस्तानलाई १४७ रनको लक्ष्य दिएको थियो। अफगानिस्तानले उक्त लक्ष्य तीन विकेट गुमाएर भेट्टायो। यो जितसँगै अफगानिस्तानले आफूलाई दोस्रो खेलमै टेस्ट जित्ने टोलीमा उभ्याएको छ।

सन् १८७७ मार्चमा इंग्ल्याण्ड र अष्ट्रेलियाबीच भएको पहिलो टेस्ट म्याचमा अष्ट्रेलियाले जित निकालेको छ। पहिलो टेस्ट खेलमै विजयको रेकर्ड अझै पनि अष्ट्रेलियाकै नाममै कायमै छ । भारतलाई पहिलो टेस्ट जित्न २५ खेल लागेको थियो। बंगलादेशले ३५ र न्यूजिल्याण्डले सबैभन्दा धेरै ४५ खेलमा जित निकालेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!