सरकार कार्यकर्तामुखी भएको डा. आरजु देउबाको आरोप

धनगढी, ४ चैत । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले वर्तमान सरकार जनतामुखी नभएर कार्यकर्तामुखी भएको आरोप लगाएकी छन् ।

आईतबार धनगढी उपमहानरपालिका ११ र १३ नम्बर वडामा काँग्रेस कार्यकर्तालाई क्रियाशील सदस्यता वितरण गर्दै देउबाले अहिले नेकपाको सरकार भ्रष्ट्राचार तर्फ लम्कदै गरेका आरोप लगाएकी हुन्  ।

सुदूरपश्चिम सरकारले मुख्यमन्त्री कपको बहानामा कार्यकर्तालाई रकम बाँड्दै सरकारको ढुकुटी सकिरहेको उनको भनाई थियो । दुई दुई तिहाईको सरकार  र जनताको सम्बन्ध टुट्दै गएको छ नेतृ देउवाले भनिन्, ‘सरकारले जनतालाई धोका दिने काम मात्रै गरिरहेको छ ।

आफू कैलाली निर्वाचन क्षेत्र ५ बाट पराजित भएपनि जनताका सेवा गर्न कहिले पछाडी नहट्ने दावी नेतृ देउवाले गरिन । निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कुनै हालतमा नछोड्ने बताउदै पार्टी गतिबिधि बिरोध पार्टी भित्रका नेताकार्यकर्ताहरुलाई कार्वाही गरेरै छोड्ने नेतृ देउवाको दाबी छ ।

कुनै समुदाय, जिल्लाका भौगोलीक क्षेत्रीयता नारा भन्दा पनि सिद्धान्तका साथ पार्टीको अभियानमा लाग्नुपर्ने उनले नेता कार्यकर्तासँग आग्रह गरिन । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य डिल्लीराज पन्तले नेकपाको सरकारले काग्रेस जितेका निर्वाचन क्षेत्रमा बजेट नहालेको आरोप लगाए ।

सुदूरपश्चिम सरकारले कुनै शिर्षक बिनानै डल्लो बजेट राखेर कार्यकर्तामुखी योजना बनाउन लागेको आरोप पन्तको थियो । धनगढी उपमहानगरपाललिकाका मेयर नृपबहादुर बडले नगर क्षेत्रका बिकास गर्नमा सदैब लागि परेको बताए ।

उनले धनगढी उपमहानगरपालिका प्रति प्रदेश सरकारले सौतेलो ब्यावहार गरेको आरोप समेत लगाए । कार्यक्रममा प्रदेशसभा सांसद टेकबहादुर रैका, धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्ट लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!