ईङलिश प्रिमियर लिगः शीर्ष स्थानमा उक्लियो लिभरपुल

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। ३१ औं चरणको खेलमा फुल्ह्यामलाई २–१ ले हराउँदै लिभरपुल, तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

३१ खेलबाट ७६ अंक जोडेको लिभरपुलले म्यानचेष्टर सिटीलाई २ अंकले पछि पारेको हो। यद्यपि, सिटीले एक खेल कम खेलेको छ। लिभरपुलको जितमा सादियो माने र जेम्स मिल्नरले एक एक गोल गरे। रायन बावेलले फुल्ह्यामका लागि एक गोल फर्काए। आइतबार राति नै भएको अर्को खेलमा चेल्सी एभर्टनसँग २–० ले पराजित भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एभर्टनले दुबै गोल दोस्रो हाफमा गरेको थियो। एभर्टनसँगको हारसँगै शीर्ष ४ मा पुग्ने चेल्सीको सम्भावना कमजोर बनेको छ।

३० खेलबाट ५७ अंक सहित ऊ तालिकाको छैठौं स्थानमा छ। जितपछि एभर्टन भने तालिकाको ११ औं स्थानमा उक्लिएको छ। प्रिमियर लिगमा आज आर्सनल र न्यूक्यासल युनाइटेडबीच खेल हुने छ।

कमेन्ट गर्नुहोस्