निम्बस एजुकेसनद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग

कैलाली, चैत ३ । जिल्लाको धनगढी स्थित निम्बस एजुकेसन एन्ड ट्रेनिङ सेन्टरले दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ ।
निम्बस एजुकेसन धनगढीका सञ्चालक हेमन्त बोहराले कार्यालयको तर्फबाट दृष्टि फाउन्डेसनलाई साढे १० हजार बराबरको अत्यावश्यक खाद्यान्न सहयोग गरेका छन् ।

सञ्चालक बोहराले ४ बोरा चामल, २० किलोग्राम नुन, तेल ५ लिटर, २० ओटा ब्रस, साबुन, कोल्गेट, महिला प्याड २० वटा, चाउचाउ १ कार्टुन, दाल ५ किलो, सोडा ५ किलो गरी साढे १० हजार बराबरको सामग्री फाउन्डेसन सञ्चालीका कल्पना भट्टलाई हस्तान्तरण गरे ।

सञ्चालनमा रहेको दृष्टि फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका २० जना महिला, यौन हिंसामा परेका, सहाराविहीन भएका र अन्य हिंसामा परेका महिलालाई फाउन्डेसनले आश्रय दिइरहेको छ ।

फाउन्डेसन सञ्चालन भएदेखि मानसिक सन्तुलन गुमाएका पाँच जनालाई पुनस्र्थापना गरिएको सञ्चालिका भट्टले जानकारी दिइन् । हाल फउन्डेसनमा चन्द्रा तिरुवा र ललिता चौधरीले स्वयम् सेवकका रूपमा मानसिक सन्तुलन गुमाएका महिलालाई हेरचाह गरिरहेको सञ्चालिका भट्टले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्