समयमै उपचार पाउन नसक्दा अकालमै सुत्केरी महिलाको मृत्यु

कालिकोट, चैत ३ । कालिकोटको नरहरिनाथ गाउँपालिका –७ की २० वर्षीया मिना शाहीको सुत्केरीपछि थप उपचार हुन नसक्दा मृत्यु भएको छ ।

शुक्रबार राति घरमा नै सामान्य अवस्थामा सुत्केरी भएकी शाहीको थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा दैलेखको गुँरासेमा शनिबार मृत्यु भएको हो । घरमै सुत्केरी भएकी शाहीको मृत शिशु जन्मिएको थियो । शिशुको जन्मपछि साल निस्कन नसक्दा बेहोस् भएकी शाहीलाई जिल्ला अस्पताल कालिकोट लगिएको थियो ।

‘जिल्ला अस्पतालमा सामान्य उपचार गरेर बिरामीको अवस्था गम्भीर भएकाले कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको कालिकोट अस्पतालका प्रमुख डा। भिष्म पोखरेलले बताए ।

शाहीले १६ वर्षकै उमेरमा पहिलो बच्चालाई जन्म दिएकी थिइन् ।

कमेन्ट गर्नुहोस्