आगोले पोल्यो? अपनाउनुहोस् तुरन्तै यस्ता उपाय

काठमाडौ‌ं, चैत ३ । आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छापेर घटनास्थलबाट बाहिर निस्कनेरनिकाल्ने र बाक्लो कपडाले छाप्ने। पोलेको अंग चिसो पानीमा डुबाएर राख्ने। पानी नभएको अबस्थामा नरम कपडाले छोप्न पनि सकिन्छ।

पोल्नेवित्तिकै मानिसको शरीमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिला सामग्रीलाई शरीरबाट उतार्ने। नत्र पोलेको भाग सुन्निएर पछि निकाल्न अप्ठ्यारो हुन्छ। बिरामी खानसक्ने अबस्थामा भए प्रशस्त पानी वा अन्य झोलिलो पदार्थ सेवन गराउने।

जलेको भागमा कुनै पनि प्रकारको लोसन, तेल वा अन्य पदार्थ नलगाई छिटोभन्दा छिटो स्वास्थ्य संस्थामा पुर्याउने। जलेपछि उठेको फोकालाई कहित्यै पनि फुटाउने प्रयास गर्नु हुँदैन।

सासायनिक जलन छ भने रसायनले भिजेको कपडालाई तुरुन्तै शरीरबाट बाहिर निकाल्नुपर्छ। र, प्रभावित भागलाई करिब २० मिनेटसम्म चिसो पानीले सफा गर्नुपर्छ। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्