प्रशिक्षक जिदानको सुखद पुनरागमन, सेल्टा डि भिगोमाथि रियल मड्रिडको शानदार जित

एजेन्सी । जिनेदिन जिदानले दोस्रो कार्यकाल सम्हालेको पहिलो खेलमा रियल मड्रिडले शानदार जित निकालेको छ । मड्रिडले सेल्टा डि भिगोलाई २–० ले पराजित गर्दै जिदानको पुनरागमन सुखद बनाउन सफल भयो ।

सान्टियागो बर्नाबाउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा रियलले दुई गोल गर्यो। ६२औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।

७७औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाए । उनले मार्सेलोको पासमा गोल गरेका थिए । जितसँगै रियलले २८ खेलबाट ला लिगाको तालिकामा ५४ अंक बनाएको छ ।

एक खेल कम खेलेको बार्सिलाना ६३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको ५७ अंक रहेको छ । सेल्टा भने २५ अंकसहित रेलिगेसन जोनमा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!