सुर्खेतमा विद्युत सर्ट हुँदा गुडिरहेको बसमा आगलागी

सुर्खेत, चैत २ । सुर्खेतमा गुडिरहेको यात्रुवहाक बसमा विद्युतको तार सर्ट हुँदा आगलागी भएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको बसमा शनिबार दिउँसो आगलागी भएको हो ।

बा४ख ८७८ नम्बरको बसमा कर्णाली राजमार्गको हुड्के खण्डमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीपबहादुर क्षेत्रीले आगलागीबाट मानवीय क्षति नभएको बताए । उनले भने, ‘यात्रुहरु समयमै झर्न सकेकाले मानवीय क्षति भएको छैन । बसमा भने बसमा क्षति पुगेको छ ।’

कमेन्ट गर्नुहोस्