नेपाली यू–१९ टोली भारत प्रस्थान, हेर्नुस् को–को छन् टिममा?

काठमाडौं, चैत २ । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि नेपाली टोली भारत प्रस्थान गरेको छ । भारतको आन्द्र प्रदेश क्रिकेट टिमसँग हुने चार अभ्यास खेलका लागि नेपाली टोली आज दिउँसो त्यसतर्फ प्रस्थान गरेको हो ।

शुक्रबार मात्रै विश्वकपको तयारीका लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको थियो । रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

टोलीमा उनीबाहेक आसिफ शेख, पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की, रसिद खान र कमल सिंह ऐरी छन् । यस्तै रविकुमार शाह, सागर ढकाल, अभिशेक बस्नेत, कुशल मल्ल, हरिबहादुर गौचन, प्रतिश जिसी, आकाश चन्द, सूर्य चामा, लोकेशबहादुर बम र शेर मल्ल छन् ।

कमेन्ट गर्नुहोस्