राहदानी विभागले कार्यालय समय १ घण्टा बढायो

काठमाडौं, चैत १ । विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै कामको प्रभावकारिता बढाउन कार्यालय समय १ घण्टा थप गरिएको बताएको छ। सधैं १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय शुक्रबारदेखि ९ बजे खुलेर ५ बजे बन्द हुनेभएको छ। आइतबार देखि बिहिबार सम्म ९ बजे देखि ५ बजे सम्म चल्ने कार्यालयमा शुक्रबार भने ३ बजे सम्म काम हुने भएको छ ।

सेवा समय जारी भएको पहिलो दिनदेखि नै राहदानीसम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए। थपिएको समयले सेवाग्राहिले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वास व्यक्त गरे।

यस्तै विभागले राहदानीबाहकलाई राहदानीको प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ। राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै प्रयोगमा सावधानी अपनाउन अनुरोध गरेको छ। नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु, राहदानी विभाग र विदेशस्थित कुटनैतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ। यो समाचार आजको नेपाल खबरमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!