मुम्बईमा आकाशे पुल भत्कियो, चारको मृत्यु

मुम्बई, चैत १ । भारतको आर्थिक राजधानी मुम्बईमा एउटा आकाशे पुल भत्किंदा ४ जनाको ज्यान गएको छ भने लगभग ३ दर्जन मानिस घाइते भएका छन् ।

मुम्बईको अति व्यस्त मानिने छत्रपति शिवाजी टर्मिनलको रेलवे स्टेसन नजिकै रहेको आकाशे पुल रेल यात्रीहरूले हिंड्न प्रयोग गर्ने गर्दथे । यो पुल बिहिबार साँझ भत्किएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!