चैत १ गते शुक्रबारको दिन तपाईंको राशिफल यस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आकस्मिक धन लाभ हुनेछ । हल्लाको भर पर्दा दुस्ख पाइनेछ, तर मिहिनेत गर्दा प्रगति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा)

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नुपर्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

वैदेशिक,व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

शुभकार्यको चर्चा चल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । एजेन्सी

कमेन्ट गर्नुहोस्