राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समापन

काठमाडौं, चैत १ । राप्रपाले गत फागुन १५ गतेदेखि ३० गतेसम्म ताप्लेजुङबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौंमा समापन हुने भएको छ ।

पार्टीले विभिन्न माग राख्दै मेची–महाकाली यात्रा सुरू गरेको थियो । यात्राका क्रममा सहभागीले दुई हजार ८ सय १० किलोमिटर दूरी पार गरेको थियो । र्‍यालीमा करिब साढे एकसय सभा गरेको राप्रपाले शुक्रबार काठमाडौंमा अन्तिम सभा गरी समापन गर्न लागेको हो ।

पार्टीका अध्यक्ष कमल थापाले नेतृत्वमा सुरू भएको र्‍यालीमा विभिन्न जाति तथा धर्म झल्कने चिह्नसहित गाईको प्रतिमूर्ति बनाएको थियो । राप्रपाले उपत्याकामा ललितपुरको जाउलाखेलबाट र्‍याली सुरू गरी तिनै सहरको परिक्रमा गर्दै सभा बिर्सजन गर्ने भएको हो । रातोपाटीबाट

कमेन्ट गर्नुहोस्