शुक्रबार सुनचाँदीको मूल्य अवस्था कस्तो छ ?

काठमाडौं, चैत १ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

बिहीबार छापावाल सुन तोलामा ६० हजार ५०० रुपैयाँले कारोबार भएको थियो भने आज पनि ६० हजार ५०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी छ ।

यस्तै, तेजावी सुन ६० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ६० हजार २०० रुपैयाँमै कारोबार भइरहेको छ।

बिहीबार चाँदी तोलामा ७४५ मा कारोबार भएको छ भने आजपनि ७४५ रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्