उपहारको लोभ देखाएर १३ वर्षीया बालिका बलात्कार

मोरङ, फागुन २९ । उपहारको लोभ देखाएर मोरङको लेटाङ नगरपालिका घर भएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा उर्लाबारी नगरपालिकाका एक युवासमेत पक्राउ परिसकेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर रामप्रसाद तिमल्सिनाका अनुसार बलात्कारपछि भागेर मिक्लाजुङ गाउँपालिकामा पुगेका उर्लाबारी नगरपालिका९३ का २५ वर्षीय चन्द्रमणि आचार्यलाई पक्राउ गरिएको हो ।

प्रहरीले जनाए अुनसार आचार्यलाई जेम्स क्षेत्री, रेगन तथा रेवत पनि भनेर चिन्ने गरिन्छ। उनले लेटाङस्थित घरमै रहेकी बालिकालाई गिफ्ट ल्याइदिएको छु भन्दै फोन गरेर कानेपोखरी गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गको कानेपोखरी बजारमा बोलाएका थिए। कानेपोखरी आएपछि आचार्यले आफ्नै घर उर्लाबारी९३ स्थित थापा चोकमा लगेर रातभर बालिकामाथि बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तिमल्सिनाले जानकारी दिए।

प्रहरीका अनुसार रेडियो कार्यक्रममार्फत बालिका र आचार्यबीच चिनजान भएको थियो। त्यही चिनजानका आधारमा आचार्य गत शुक्रबार बालिकालाई भेट्न भन्दै लेटाङमै पुगेको र त्यही क्रममा दुईजनाबीच पहिलो भेटघाट भएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्