च्याम्पियन्स लिगः बार्सिलोना–लिओन, लिभरपुल र बायर्न म्युनिख भिड्दै

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगमा बिहीबार बिहान प्रिक्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । बिहान २ बजे हुने खेलमा स्पेनिस लिग लिडर बार्सिलोना फ्रेन्च क्लब र ओलम्पिक लियोन भिड्ने छन् ।

यस्तै, इंग्लिस क्लब लिभरपुल जर्मनको लिडर बायर्न म्युनिखसँग भिड्ने छ । यी दुईबीचको विजेता क्वार्टरफाइनल प्रवेश गर्ने छ । राम्रो फर्ममा रहेको बार्सिलोना घरेलु मैदानमा नोउ क्याम्पमा दोस्रो लेग खेल्दैछ । लियोनसँग पहिलो लेगमा गोलरहित नतिजा हात पारेपछि बार्सिलोनाले खेलको सबै ४ खेलमा जित हात पारेको छ । जसमा रियल मड्रिडविरुद्धको दुई जित पनि छ ।

सन् २०१३ मा बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि बार्सिलोनाले घरेलु मैदानमा च्याम्पियन्स लिगको कुनै पनि खेल हारेको छैन । २६ खेल खेल्दा बार्सिलोनाले २६ मा जित र तीनमा बराबरीको नतिजा निकालेको छ । त्यसको विपरित लियोन भने कमजोर स्थितिमा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!