अष्ट्रेलियाले टस जित्यो, निर्णायक खेलमा को–कोले पाए मौका?

काठमाडौं, फागुन २९ । भारत विरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि शुरु हुँदैछ । यो खेल दुबै टिमका लागि निर्णायक हो । पाँच खेलको सिरिजमा दुवै टिमले दुई—दुई खेलमा जित निकालेको छ ।

निर्णायक खेलमा दुवै टिमलेले दुई—दुई खेलाडी परिर्वतन गरेको छ । अष्ट्रेलियाले मार्कस स्टोनिस र नाथन लायनलाई आज टिममा समावेश गरेको छ । उसले शन मार्स र जोसन बेहनड्रफलाई आराम दिएको छ ।

यस्तै, भारतले पनि आजको खेलमा २ खेलाडी परिवर्तन गरेको छ । उसले केएल राहुलको स्थानमा रविन्द्र जडेजा र युजवेन्द्र चहलको ठाउँमा मोहम्मद सामीलाई मौका दिइएको हो । को—कोले पाए आज मौका? हेर्नुस्—

कमेन्ट गर्नुहोस्