‘सत्यम शिवम सुन्दरम्’ को छायाँकन सम्पन्न

काठमाडौं, फागुन २९ । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको नेपाली कथानक चलचित्र ‘सत्यम शिवम सुन्दरम’ सन्तोष प्रगाढको संगीत र गायिका नित्याशिवा, सन्तोस प्रगाढ ,इन्दिरा जोशीको अवाजमा सजिएको गीतसँगै आफनो चलचित्रको छायाँकन सम्पन्न भएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताएका छन् ।

उनका अनुसार चलचित्रमा नवनायिका कृति क्षेत्रीले चलचित्रमा नवनायिकाको रुपमा नेपाली सिने जगतमा पाइला चालेका छन । उनीहरुको साथमा सो चलचित्रमा बिमला गिरी, राजन महर्जन, धनराज सुब्बा, अन्जना श्रेष्ठ, ऋचा भण्डारी, सुजित यादव, ज्ञानेन्द्र चेम्जोङ, कृष्णकुमार घलान, रमेश घतानी र निशा भुजेलको अभिनय रहेको समेत उनले बताए ।

नरेश ऐरको छायांकन देव महर्जनको द्वन्द, राजन महर्जन र सुरेस पाण्डेको नृत्य विपिन कटुवालको शृङार रहेको छ । सपना देख्नेहरुको सपना पूरा हुन्छ कि हुँदैन भन्ने मुख्य आशयलाई चलचित्रमा समावेश गरिएको छ ।

आगामी हरितालिका तीजमा सो चलचित्रलाई प्रदर्शन गर्ने समेत निर्माण पक्षले बताएको छ ।

कमेन्ट गर्नुहोस्