सप्तरीमा सवारी दुर्घटना : ३ जनाको मृत्यु

सप्तरी, फागुन २९ । सप्तरीमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कुसहामा मोटरसाइकललाई बचाउने क्रममा यात्रुवाहक बस मोटरसाइकल माथि नै पल्टेको थियो ।

सो क्रममा मोटरसाइकलमा सवार दुईजना र बसमा सवार एकजना गरि ३ जनाको मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको विष्टले जानकारी दिए ।

घटनापछि अहिले पूर्व पश्चिम राजमार्गमा सवारी साधन अवरुद्ध रहेको छ ।

कमेन्ट गर्नुहोस्