के कारणले गर्दा संसारभरि जिमेलमा यस्तो समस्या आइरहेको छ ?

इमेल पठाउन गाह्रो भइरहेको छ ? चिन्ता नगर्नुहोस्, तपाईं एक्लो हुनुहुन्न ।

जिमेलमा संसारभरि समस्या देखिएको छ । संसारभरिका जिमेल प्रयोगकर्ताले सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी दिएका छन् ।

गुगलको जिसुट स्टेटस ड्यासबोर्डमा मंगलबार राती ११ः३८ मा पोष्ट भएको एउटा मेसेजमा ‘जिमेलको सेवा अवरोध’ भइरहेको बताइएको छ ।

‘हामी जिमेलको समस्याबारे अनुसन्धान गरिरहेका छौं,’ उक्त मेसेजमा भनिएको छ । ‘हामी यसबारे थप जानकारी चाँडै नै दिने छौं । प्रयोगकर्ताको जिमेल त खोलिन्छ तर यसमा ‘इरर मेसेज’ आइरहेको छ । यहाँका मेसेज डाउनलोड एवं फरवार्ड केही गर्न मिलिरहेको छैन ।’

जिमेल नचलेपछि यसका प्रयोगकर्ताले विभिन्न ट्वीट गरेका छन् । जिमेलले गुगल मेल र गुगल ड्राइभमा अस्थायी समस्या आएको जनाएको छ । यी दुईका प्रयोगकर्तालाई केही बेरपछि पुनः चलाउन निर्देशन दिइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!