सिकेसँगको सम्झौता राष्ट्रघाती भएको भन्दै नेविसंघद्वारा विरोध प्रदर्शन

काठमाडौं, फागुन २८ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिको विरोध गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । संघले मंगलबार सरकार र सिके राउतबीचको राजनीतिक सहमतिविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको हो ।

त्रिचन्द्र क्याम्पस परिसरबाट निस्कीएको विरोध र्याली बागबजार हुँदै प्रर्दशनी मार्गबाट पुनः बागबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । सम्झौता राष्ट्रघाती भएको भन्दै विद्यार्थीले ११ बुँदे सम्झौता सच्याउन माग गरेका छन् ।

स्वतन्त्र मधेस गठबन्धनका सिके राउत र सरकारबीच भएको सम्झौतामा प्रयोग भएको शब्दाबली दुईअर्थी भएको र त्यसले राष्ट्रमा विखण्डन ल्याउने भन्दै सत्तारुढ दलकै नेताहरुले पनि सम्झौताको विरोध गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्