महिला च्याम्पियनसिपः भुटानविरुद्ध नेपाल ३–० ले अगाडि

काठमाडौं, फागुन २८ । नेपाली महिला राष्ट्रिय फुटबल टिमले साफ महिला च्याम्पियनसिप २०१९ को उद्घाटन खेलमा शानदार प्रदर्शन गरेको छ । पहिलो आफमा २ र दोस्रो आफको ५४औं मिनेटमा अर्को गोल थप्दै भुटानविरुद्ध नेपालले ३–० ले अग्रता लिएको छ । नेपालको अग्रता दिलाउन सावित्रा भण्डारी, मञ्जलीकुमारी योन्जन र निरु थापाले गोल गर्न सफल भइन् ।

खेल विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजेदेखि शुरु भएको हो । सुरुका तीन संस्करणमा फाइनल खेलेको नेपाल यो पटक उपाधिको दाबेदार मानिएको छ ।

कमेन्ट गर्नुहोस्