भुटानविरुद्ध नेपालको शानदार प्रदर्शन, १६ मिनेट भित्रै २ गोल !

विराटनगर, फागुन २८ । पहिलोपटक उपाधि जित्ने योजना बनाएको नेपाली महिला राष्ट्रिय फुटबल टिमले साफ महिला च्याम्पियनसिप २०१९ को उद्घाटन खेलमा शानदार प्रदर्शन गरेको छ । नेपालले १६ मिनेटभित्रै भुटानविरुद्ध २ गोल गरिसकेको छ । नेपालको अग्रता दिलाउन सावित्रा भण्डारी र मञ्जलीकुमारी योन्जनले गाेल गरिन् ।

खेल विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजेदेखि शुरु भएको हो । सुरुका तीन संस्करणमा फाइनल खेलेको नेपाल यो पटक उपाधिको दाबेदार मानिएको छ ।

गत महिना भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकपमा चार टिममध्ये सबभन्दा तल्लो वरीयताको भएरपनि नेपाल फाइनल पुगेको थियो । फिफा वरीयतामा १०८औं वरीयतामा रहेको नेपालको लागि भुटान कठिन प्रतिद्वन्द्वी होइन । बिना वरीयताको भुटानी टिमले साफको ९ बर्षे इतिहासमा हालसम्म कुनैपनि खेल जितेको छैन । नेपालले भने भारतबाहेक अरु दक्षिण एसियाली टिमविरुद्ध कहिल्यै हार बेहोरेको छैन ।

त्यसैले पाचौं साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा तीन अंक जोड्न नेपाललाई गाह्रो हुने छैन । नेपाल र भुटान यसअघि दुईपल्ट भिडेका थिए । साफ २०१४ र २०१६ को भेटमा नेपालले समान ८—० को जित हात पारेको थियो । इस्लामावादमा २०१४ मा भएको खेलमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी सावित्रा भण्डारी त्यही खेलमा एक गोल गरेकी थिइन् । सिलीगुढीमा २०१६ को भेटमा कीर्तिमान ६ गोल गरिन् । नेपालको लागि २२ गोल गरेकी उनलाई सहिद मैदानमा रोक्न भुटानी टिमलाई गाह्रो हुनसक्छ ।

‘पहिलो खेलको लागि मानसिक, शारीरिक रुपमा तयार छौं,’ नेपालका मुख्य प्रशिक्षक हरि खड्काले भने, ‘हामी सबै प्रतिद्वन्द्वीलाई सम्मान गर्छौं । सजिलो रुपमा कसैलाई लिएका छैनौं । राम्रो खेल्छौं, त्यसैका लागि कोसिस गर्नेछौं ।’ भुटानी टिम दक्षिण कोरियाली प्रशिक्षक सुङ जाए लीले सम्हालेका छन् । उनले भने, ‘हाम्रो टिममा यू १९ टिमका धेरै खेलाडी छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!