बंगलादेशका क्रिकेटर मोश्रफ होसेनलाई ब्रेन ट्यूमर

काठमाडौं, फागुन २८ । बंगलादेश क्रिकेट टिममा स्पिनर मोश्रफ होसेन रुबेललाई ब्रेन ट्यूमर भएको छ । उनी अहिले आफ्नो थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन् ।

केही दिनअघि ढाका अस्पतालमा परीक्षणका क्रममा मोश्रफलाई ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो । उनले आफूलाई चिकित्सकले अपरेसन गर्न सल्लाह दिएको र छिट्टै नै सिंगापुर जाने तयारीमा रहेको बंगलादेशी सञ्चार माध्यमलाई बताएका छन् ।

मोश्रफका अनुसार उनको उपचारका लागि झण्डै ४० लाख बंगलादेशी टका अर्थात् झण्डै ५० हजार अमेरिकी डलर खर्च लाग्ने छ । मोश्रफले बंगलादेशका लागि ५ ओडीआई क्रिकेट खेलेका छन् । घरेलु क्रिकेटमा १९२ खेलबाट उनले ३९० विकेट लिनुका साथै तीन हजार रन बनाएका छन् ।

कमेन्ट गर्नुहोस्