मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भयोः अध्यक्ष प्रचण्ड [भिडियाेसहित]

काठमाडौं, फागुन २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री केपी सर्मा ओलीसँग छलफल भएको बताएका छन् । प्रदेश १ को राजधानी विराटनगरमा संचारकर्मीसँग बोल्दै प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे यस्तो बताएका हुन् ।

उनले भने, ‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाब गर्नुभएको छ त्यसमा भर पर्छ। हाम्रोमा प्रधानमन्त्री प्रणाली छ। साँचो कुरा के हो भने आज बिहान मात्रै बालुवाटारमा कुरा भएको थियो। म बालुवाटारबाट सिधै आएको छु।’ प्रचण्डले थपे, ‘प्रधानमन्त्रीजीको भनाई छ कि, म हेरिरहेको छु, दुवै अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्‍यो भने केही परिवर्तन गर्नुपर्छ। तर अहिले हतारो छैन।’ प्रचण्डले आफूले मन्त्री परिवर्तन गर्ने अधिकार प्रधानमन्त्रीको भएकाले आफै गर्न भनेको बताए।

अध्यक्ष प्रचण्ड बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै

अध्यक्ष प्रचण्ड बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ।।

Posted by क. प्रचण्ड / Comrade Prachanda on Tuesday, March 12, 2019

कमेन्ट गर्नुहोस्