एनजीओ–आईएनजीओ अब गृह मन्त्रालय मातहत

काठमाडौं, फागुन २८ । देशभर रहेका गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरू अब गृह मन्त्रालय मातहत आउने भएका छन्। सरकारले समाज कल्याण परिषद् र सोअन्तर्गत रहेका राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई गृह मन्त्रालय मातहत ल्याएर विशेष निगरानी र अनुगमन गर्नेगरी तयारी गरिरहेको छ।

हाल समाज कल्याण परिषद् तथा एनजीओ र आईएनजीओे महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत छन्। महिला मन्त्रालय मातहत रहेका परिषद् तथा संघसंस्थाहरू गृह मन्त्रालय मातहत ल्याउने गरी गृहले प्रस्ताव अघि बढाएको हो।

समाज कल्याण परिषद्का अनुसार हाल देशभर झन्डै ४९ हजारको संख्यामा एनजीओ र २५० को संख्यामा आईएनजीओ छन्। समाज कल्याण परिषद्लाई गृह मन्त्रालय मातहत ल्याउने तयारी सुरु भएसँगै परिषद्अन्तर्गत रहेका एनजीओ तथा आईएनजीओहरू पनि गृह मन्त्रालयको प्रत्यक्ष निगरानीमा आउने भएका छन्। यससँगै एनजीओे र आईएनजीओेको दर्ता तथा अनुगमनको पूर्ण जिम्मेवारी पनि गृह मन्त्रालयकै हुनेछ।

गृह मातहत जान चाहँदैनन् एनजीओे आईएनजीओे एनजीओे तथा आईएनजीओे भने गृह मातहतमा लैजाने तयारीबाट असन्तुष्ट रहेको पाइएको छ। गृह मन्त्रालय मातहत हुने भएपछि यस्ता संस्थाको दर्ता, अनुगमन तथा कारबाहीको पूर्ण अधिकार गृह मन्त्रालयलाई हुन जान्छ। तर, यी संस्था भने विषयगत मन्त्रालय नहुने भएकाले गृह मन्त्रालय मातहत जान चाहँदैनन् । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!