पीएसएलः लाहोर ७ विकेटले पराजित, सन्दीप विकेटविहीन

काठमाडौं, फागुन २७ । पाकिस्तान सुपर लिग (पीएसएल) मा मुल्तान सुल्तान विरुद्धको खेलमा सन्दीप लामिछाने आवद्ध लाहोर कलन्दर्स ७ विकेटले पराजित भएको छ । लाहोरेले दिएको १४१ रनको लक्ष्य मुल्तानले १२.३ ओभरमा ३ विकेट गुमाउँदै भेटायो । उसका लागि शन मासूदले ४८, जेमस विन्सले २५, उमार सिद्धिकीले १३, जोनसन चाल्सले नटआउट ४१ रन बनाए ।

बलिङमा लाहोरका शाहीन शाह अफ्रिदी र डेभिड विसाले एकएक विकेट लिए । सन्दीपले २.३ ओभर बलिङ गरेर बिनाविकेट २८ रन खर्चिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको लाहोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनायो । उसका लागि कप्तान फकर जमानले ५३, डेभिड विसाले ३०, एसेला गनारनेन १२ रन बनाए ।

बलिङमा मुल्तानका मोहम्मद अब्बासले ३, शाहिद अफ्रिदीले २, मोहम्मद लायस र क्रिस ग्रिनले एकएक विकेट लिए । यी दुवै टिम प्लेअफ पुग्नबाट असफल भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!