पीएसएलः सन्दीपको टिमद्वारा मुल्तानलाई १४१ रनको लक्ष्य

काठमाडौं, फागुन २७ । पाकिस्तान सुपर लिग (पीएसएल) मा मुल्तान सुल्तान विरुद्धको खेलमा सन्दीप लामिछाने आवद्ध लाहोर कलन्दर्सले १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको लाहोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनायो । उसका लागि कप्तान फकर जमानले ५३, डेभिड विसाले ३०, एसेला गनारनेनले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

बलिङमा मुल्तानका मोहम्मद अब्बासले ३, शाहिद अफ्रिदीले २, मोहम्मद लायस र क्रिस ग्रिनले एकएक विकेट लिए । यी दुवै टिम प्लेअफ पुग्नबाट असफल भएका छन् । अंक तालिकामा मुल्तान पुछारमा र लाहोर पाँचौ स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!