संविधानविपरितका गतिविधि स्वीकार नगरिने- गृहमन्त्री

भैरहवा । गृहमन्त्री रामबहादुर थापाले संविधानभन्दा माथि गएर कसैले गतिविधि सञ्चालन गर्न खोजे सरकार चुप लागेर नबस्नेसमेत चेतावनी दिएका छन् ।

भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठी लाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सीके राउतसँग स्वतन्त्र मधेसको नारा त्याग्ने सहमति भएको दावी गर्दै स्वतन्त्र मधेसका लागि जनमतसंग्रह हुन नसक्ने बताए ।

देशलाई बिखण्डन गर्ने तत्वलाई राजनीतिक मुलधारमा ल्याउन सरकार सफल भएको उल्लेख गर्दै मन्त्री थापाले अपराधिक तत्वबाट भने मुलुकलाई खतरा रहेको स्वीकार गरे ।

उनले संबिधानमै व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न नसक्ने बताएका छन् ।

राउतको स्वागतमा उनका सर्मथकले जनकपुरमा गरेको प्रदर्शनलाई गृहमन्त्री थापाले उक्त क्रियाकलापलाई अन्तिम विदाइको खुसियालीको संज्ञा दिए ।

विप्लव खतरा

गृहमन्त्री थापाले विप्लप नेतृत्वको नेकपाका कारण सुरक्षा चुनौती थपिएको भन्दै यसलाई निस्तेज पार्न सरकार गम्भीर रहेको समेत उल्लेख गरे ।

सुरक्षा गोष्ठीमा गृहमन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रदेश ५ का प्रमुख सचिवलगायतको सहभागिता छ । इमेजखबरबाट

 

कमेन्ट गर्नुहोस्