कति छ आज सुनको मूल्य?

काठमाडौं, फागुन २७ । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावाल सुन तोलामा ६० हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन ६० हजार २०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा रु ७४५ मा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्