गाईको पुच्छरमा बेरिएर बालकको ज्यान गयो

उदयपुर, फागुन २७ । गाईको पुच्छरमा बेरिएर उदयपुरमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका ८ थलियाका लिल बहादुर मगरका छोरा ५ वर्षीय आयुष मगर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

गाईको पुच्छर र बालकको कम्मरमा डोरीले बाँधिएको अवस्थामा गाईले घिसार्दा ज्यान गएको हुन सक्ने प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । बालक शनिबार साथीहरुसँग गोठालो गएका थिए । त्यही बेला उनका एक साथीले आयुषको कम्मरमा डोरीले कसेर गाईको पुच्छरमा बाँधिदिएको भनिएको छ । पुच्छरमा बाँधिदिएपछि गाई तर्सेर भाग्दा बालकको घिसारिएर ज्यान गएको हो ।

कमेन्ट गर्नुहोस्