वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज इंग्ल्याण्डले जित्यो

काठमाडौं, फागुन २७ । वेस्ट इन्डिज विरुद्धको टी—२० सिरिज इंग्ल्याण्डले ‘क्लिन स्विप’ गरेको छ । आज बिहान भएको अन्तिम खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले ३ खेलको सिरिज ‘क्लिन स्विप’ गरेको हो । अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले यो खेलमा पनि खराब प्रदर्शन गर्यो । उसले १३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ७१ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि जन क्याम्पबेल, निकोलस पुरन, कप्तान जोसन होल्डरले ११—११ र ओबेड म्याकले १० रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् । बलिङमा इंग्ल्याण्डका डेभीड विल्लीले ४, मार्क उडले ३, आदिल रशिदले २ र जोइ डेलीले एक विकेट लिए ।

७२ रनको लक्ष्यका साथ मैदान उत्रेको भ्रमण टोली इंग्ल्याण्डले १०.३ ओभरमा २ विकेट गमाउँदै भेटायो । उसका लागि एलेक्स हेलले २०, जोनी बेयरस्टोले ३७ बनाए । यस्तै, जो रुट ४ र कप्तान इयोन मोर्गन १४ रनमा अविजीत रहे ।  बलिङमा वेस्ट इन्डिजका जोसन होल्डर र देबेन्द्र बिशूले एक—एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्