रियल मड्रिडलको भालाडोलीड माथि ४-१ अंकको शानदार जित

काठमाडौं, फागुन २७ । जारी ला लिगामा रियल मड्रिडले भालाडोलीडलाई पराजित गरेको छ । यसअघिका खेलमा हार बेहोरेको मड्रिडले भालाडोलिडलाई भने ४-१ एक गोल पराजित गरेको हो ।

भालाडोलीडको मैदानमा घरेलु टिमले खेलमा अग्रता बनाएको थियो । तर रियलले त्यसलाई उल्ट्याउँदै चार गोल गर्न सफल भयो । खेलको २९ औं मिनेटमा अनुर तुहामीको गोलमा भालाडोलीडले अग्रता बनाएको थियो ।

त्यसपछि रियलले उत्कृष्ट कमब्याक गर्न सफल भयो । १० खेलाडीमा झरेको रियलले ३४ औं मिनेटमा भारानेको गोल्मार्फत खेल बराबरी गर्न सफल भयो । त्यसपछि ५१ औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई करिम बेन्जिमाले गोल गर्दै दुई एकको अवस्थामा पुर्‍याए ।

५९ औं मिनेटमा फेरि बेन्जिमाले नै टोनी क्रुसको पासमा ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ८० औं मिनेटमा कासेमीरो दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा खुम्चियो ।

तर त्यसको ५ मिनेटपछि नै लुका मोड्रिचले रियलका लागि चौथो गोल गरे । जितपछि रियलले २७ खेलमा ५१ अंक बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ ।

कमेन्ट गर्नुहोस्