भारतमाथि अष्ट्रेलियाको शानदार जित, सिरिज बराबर

काठमाडौं, फागुन २६ । भारत विरुद्धको एकदिवसीय सिरिजको चाैथो खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको छ । भारतले दिएको ३५९ रनको लक्ष्य अष्ट्रेलियाल १३ बल अगावै अर्थात् ४७.५ ओभरमै पूरा गर्यो ।

अष्ट्रेलियाको जितमा एश्टन टर्नर नायक सावित भए । उनले ४३ बलमा नटआउट ८४ रन प्रहार गरे । यस्तै, पिटर ह्यान्सकम्बले ११७, उश्मान ख्वाजाले ९१, ग्लेन म्याक्सवेलले २३, एलेक्स केरीले २१ रन बनाए । बलिङमा भारतका जसप्रित बुमराहले ३, भुवनेश्वर कुमार, कुलदीप यादवल, युजवेन्द्र चहलले एक-एक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५८ रन बनायो । उसका लागि शिखर धवनले १४३, रोहित शर्माले ९५, ऋषभ पन्तले ३६, लोकेश राहुलले २६, कप्तान विराट कोहलीले ७, केदार जाधवले १०, विजय शंकरले २६ रन बनाए । बलिङमा अष्ट्रेलियाका प्याट कमिन्सले ५, जय रिचडसनले ३, एडम जाम्पाले एक विकेट लिए । आजको जितसँगै अष्ट्रेलियाले सिरिज २-२ को बराबर बनाएको छ ।

कमेन्ट गर्नुहोस्