भारतविरुद्ध अष्ट्रेलियाका पीटरको पहिलो शतक

काठमाडौं, फागुन २६ । भारतविरुद्ध अष्ट्रेलियाका पीटर ह्यान्सकम्बले शतक प्रहार गरेका छन् । उनले ९२ बलमा शतक भारतविरुद्ध पहिलो शतक प्रहार गरेका हुन् ।

पीटरले १०० रन बनाउँदा ६ चौका र ३ छक्का प्रहार गरे । एकदिवसीय अतर्राष्ट्रिय खेलमा यो उनको पहिलो शतक हो । यो समाचार तयार पार्दासम्म अष्ट्रेलियाले ३६ ओभरमा ३ विकेट गुमाउँदै २२९ रन बनाएको छ । अष्ट्रेलियाका उश्मान ख्वाजा ९१, आरोन फिंच शून्य र शन मार्स ६ रनमा आउट भए ।

यसअघि, टस जितेर ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५८ रन बनायो । उसका लागि शिखर धवनले १४३, रोहित शर्माले ९५, ऋषभ पन्तले ३६, लोकेश राहुलले २६, कप्तान विराट कोहलीले ७, केदार जाधवले १०, विजय शंकरले २६ रन बनाए ।

बलिङमा अष्ट्रेलियाका प्याट कमिन्सले ५, जय रिचडसनले ३, एडम जाम्पाले एक विकेट लिए । पाँच खेलको सिरिजमा भारतले २—१ ले अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्