भुइँमा ठोक्कियो बोइङको अत्याधुनिक मोडेलको जेट विमान

काठमाडौँ, फागुन २६ । इथियोपियन एयरलाइन्सको ८ जना चालकदलका सदस्यसहित १५७ जना बोकेर उडेको विमान भुइँमा ठोक्किएर दुर्घट्नाग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

बिबिसीले प्रकाशित गरेको समाचारमा एक जना प्रत्यक्षदर्शीलाई उद्धृत गरिएको छ । ती प्रत्यक्षदर्शी भन्दछन्, “विस्फोट र आगोको ज्वाला यति तीव्र थियो कि हामी त्यस नजिक नै जान सकेनौं ।” उनले थपे, “सबै कुरा जलिसक्यो, अहिले त्यहाँ ४ हेलिकप्टर देखा परेका छन् ।”

दुर्घट्नामा सबै मानिसहरू मारिएको आधिकारिक पुष्टि त्यहाँका प्रधानमन्त्री अबिय अहमदले “भावपूर्ण श्रद्धान्जली” भन्ने ट्वीट गरेर गरे ।

ट्वीमा भनिएको छ, “प्रधानमन्त्रीको कार्यालय, इथियोपिया सरकार र इथियोपियाका जनताको तर्फबाट इथियोपियन एयरलाइन्सको बोइङ ७३७ दुर्घट्नामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धान्जली एवं तिनका परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”

त्यसको केही अघि विमानसेवाले दुर्घतानास्थलमा उद्वारको कार्य भैरहेको बताएको थियो । एउटा अधिकारिक बयान जारी गर्दै एयरलाइन्सले भनेको थियो, “दुर्घटनास्थलमा इथियोपियन एयरलाइन्सका कर्मचारीहरू पठाइनेछन् र तिनले हरसम्भव सहयोग गर्नेछन् ।”

अल जजिराका अनुसार यस विमानमा चालक दलका ८ सदस्य बाहेक ३३ देशका १४९ जना यात्रु रहेका थिए ।

विमान स्थानीय समय अनुसार ८:३८ बजे बिहान उडेको र उडेको ६ मिनेटमै सम्पर्कबाहिर भएको बताइन्छ ।

दुर्घटनामा परेको विमान बोइङ कम्पनीको सर्वाधिक नयाँ मोडेल रहेको बताइन्छ । सामान्यता १९० जना यात्रु बोक्ने क्षमता भएको यस विमानका ग्राहक विश्वका ठुला विमान चालक कम्पनी रहेको बताइन्छ ।

ब्रिटिश स्पेनको म्याड्रिडबाट विमान विश्लेषक एलेक्स माचेरसले अल जजिरालाई यो बोइङको अत्याधुनिक मोडेल रहेको र सुरक्षाका दृष्टिले समेत निकै विश्वसनीय रहेको बताएका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, “आजको दुर्घटनामा परेको विमान मुस्किलले चार महिना पुरानो हो । यसलाई मध्य नोभेम्बरमा मात्रै इथियोपिया पठाइएको थियो । संयुत राज्यबाट उड्ने क्रममा यो इन्धन भर्न आयरल्याण्डमा उत्रिएको थियो ।”

बोइङले यो मोडेल एयरबस ए-३२० नियोसँग प्रतिस्पर्धा गर्न बजारमा उतारेको हो । दुवै जहाजहरूलाई कम इन्धन खपत गर्ने मानिन्छ ।

इथियोपियन एयरलाइन्स अफ्रिकाका थुप्रै शहरहरूमा उडानका लागि लोकप्रिय विमान सेवाका रूपमा उदाएको छ । सुरक्षा रेकर्डमात्रै पनि हेर्ने हो भने यस कम्पनीको अवस्था निकै सन्तोषजनक मानिने गरेको छ ।

बिबिसीले लेखे अनुसार यसअघि सन् २०१० मा यस कम्पनीको एउटा विमान लेबनानको राजधानी बेरुतबाट उडेको केही समयमै मृतसागरमा दुर्घटनाग्रस्त भएको थियो । यस घटनामा ९० जनाको ज्यान गएको थियो व यसका अतिरिक्त कम्पनीको सुरक्षा रेकर्ड निकै राम्रो रहेको छ ।

विमानसेवाको इतिहासमा सबैभन्दा ठुलो दुर्घटना भने १९९६ मा भएको मानिन्छ । उक्त समय हिन्द महासागरमाथि उडिराखेका बेला जहाजको इन्जिन खराब हुँदा त्यसमा सवार १७५ जनामध्ये १२३ जनाको ज्यान गएको थियो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!