कृषि मन्त्री भन्छन्, ‘वनभित्र पनि खेती गर्ने योजना बनाइने छ’

काठमाडौं, फागुन २६ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि उत्पादनमा वृद्धि गर्न सरकारले वनभित्र पनि खेती गर्ने योजना तय गरेको बताएका छन् ।

काठमाडौंमा शुरु भएको अन्तर्राष्ट्रिय स्तरको किसान सम्मेलनमा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले वनभित्र पनि खेतीका लागि कानुन निर्माणको कामलाई सरकारले अन्तिम चरणमा पुर्‍याएको पनि बताए ।

३ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्डोनेसिया, मलेसिया, भियतनामका कृषि विज्ञहरु, किसान संघ, संस्थाका प्रतिनिधिहरु गरी करिब ३ सय ५० जनाको सहभागिता रहेको छ ।

सम्मेलनबाट नेपालको कृषि क्षेत्रको विकास तथा विस्तारका लागि आवश्यक योजना, नीति र कार्यक्रम तय गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्